
काठमाडौँ — प्रधानमन्त्री तथा त्रिवि कुलपति सुशीला कार्कीले प्रधानमन्त्रीले सबै विश्वविद्यालयका कुलपति बन्न नसक्ने भन्दै यो व्यवस्था बदलिनुपर्ने बताएकी छन्। बुधबार त्रिवि सभामा उनले १७ वटा विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुनु असम्भव भएको उल्लेख गर्दै प्रधानमन्त्रीलाई कुलपतिबाट हटाएर विश्वविद्यालय स्वयंले कुलपति छान्ने व्यवस्था हुनुपर्छ भनिन्।
उनका अनुसार राजनीतिक व्यक्ति कुलपति हुनु ठीक होइन र यसले विश्वविद्यालयका नीति–नियम पारित हुन ढिलाइ गराएको छ। कार्कीले सरकारले विश्वविद्यालयलाई हेर्ने तर शिक्षण–शिक्षणका काममा हस्तक्षेप नगर्ने सुझाव दिइन्। उनले विश्वविद्यालयहरूले सरकारमा मात्र निर्भर न भएर आफ्नै कार्यक्रममार्फत आम्दानी गर्न सक्ने बताइन्।
त्रिवि सभाले आर्थिक वर्ष २०८२र८३ को नीति तथा कार्यक्रम पारित गरिसकेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे