
काठमाडौँ , ३ वैशाख | कतारकी राजकुमारी शेखा अस्मा अल थानीले विश्वको दशौँ अग्लो शिखर अन्नपूर्ण हिमालको आरोहण गरेकी छिन् । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल उनी सहित शनिवार ३० जनाले अन्नपूर्ण हिमालको सफल आरोहण गरेका छन् ।
यसअघि राजकुमारी थानीले सगरमाथा, धवलागिरी, कञ्चनजङ्गा, लोहोत्से, आमादम्बा, मनास्लु, केटु हिमालको आरोहण गरेसकेकी छिन् ।
यो आरोहणसँगै विश्वको दशौँ अग्लो शिखर अन्नपूर्ण हिमालको आरोहण गर्ने थानी पहिलो कतारी महिला बनेकी छिन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे