
काठमार्डौँ, २५ जेठ । लगातार एक हप्तादेखी ओरालो लागेको शेयर बजार आज बुधवार भने ६० अङ्कभन्दा धेरैले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ६० दशमलव २२ अङ्कले बढेर दुई हजार ८० दशमलव ४४ विन्दुमा पुगेको छ ।
दुई सय ३१ वटा कम्पनीको ५० लाख पाँच हजार कित्ता शेयर एक अर्ब ६४ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोपावर कम्पनीको पाँच करोड १२ लाख रुपैयाँको शेयर किनबेच भयो ।
आज सामुदायिक लघुवित्त, उपकार लघुवित्त र बलेफी हाइड्रोको शेयर १० प्रतिशतले बढेको छ ।आज दिनभर बजारमा १९६ कम्पनीको सेयर कारोबार भएकोमा १९३ कम्पनीको सेयरमूल्य बढेको छ भने २ कम्पनीको मात्रै घटेको छ । त्यस्तै, १ कम्पनीको सेयरमूल्य भने स्थिर रहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे