काठमाडौँ, ३० भाद्र । लगातार दुई दिन बढेको शेयर बजार आज बिहीवार भने उच्च अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ५७ अङ्कले घटेर १ हजार ९२४ दशमलव ४८ विन्दुमा झरेको छ ।
यसदिन २३२ वटा कम्पनीको ६९ लाख ४० हजार कित्ता शेयर दुई अर्ब १२ करोड ५६ लाख रुपैयाँमा कारोबार भएको छ । आज सबै समूहको शेयर घटेकोमा बीमा, माइक्रोफाइनान्स, उत्पादन, विकास बैंक, जलविद्युत्, फाइनान्स, होटल तथा पर्यटन र व्यापार समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । सबैभन्दा धेरै लक्ष्मी विकास बैंकको २१ करोड ५० लाख रुपैयाँको शेयर किनबेच भयो ।
आज एनआईसी एसिया फ्लेक्जी क्याप फन्डको शेयर सबैभन्दा धेरै आठ प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि सिटिजन्स म्युचल फन्ड २ को शेयर चार प्रतिशतभन्दा धेरैले बढेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे