
काठमाडौँ — आजदेखि मुग्लिन बजारमा दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा फुड फेस्टिबल सुरु हुँदैछ। चितवन उद्योग सङ्घ इच्छाकामना समिति र होटल व्यवसायी सङ्घ इच्छाकामना एकाइको संयुक्त आयोजनामा हुने महोत्सवले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ। आयोजकका अनुसार महोत्सवमा ५० भन्दा बढी स्टल रहनेछन् र इच्छाकामनाका करिब १०० सुन्तला किसानले आफ्ना उत्पादन प्रत्यक्ष रूपमा बिक्री गर्न पाउनेछन्।
महोत्सवमा सुन्तला खेतीसम्बन्धी छलफल, सुन्तला खाने प्रतियोगितालगायत विभिन्न कार्यक्रम राखिएको छ। इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङका अनुसार यहाँको सुन्तला स्वादिष्ट भएकाले बजारको समस्या छैन। पुस १५ गतेसम्म चल्ने महोत्सवले स्थानीय उत्पादन, कला, संस्कृति र पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याउने विश्वास गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे