
काठमाडौँ, २४ श्रावण । बन्चरे डाँडा ल्यान्डफिल क्षेत्रमा फोहोर बोकेर गएका गाडीहरू सोमबार राति तोडफोड गरिएको छ । धादिङ र नुवाकोटको सीमाना नजिकै रोकेर राखेकोे १४ वटा गाडीमा तोडफोड भएको हो ।
काठमाडौँ महानगरपालिकाका अनुसार दुई वटा डोजर, एउटा स्काभेटर र १४ वटा टिपरको सिसा राति अज्ञात समूहले फुटाएको हो ।
नुवाकोट र धादिङको सिमाना नजिकैको कोल्पु खोला अगाडि पार्किङ गरिएका ती सवारी राति ८ बजे ५० मिनेटमा तोडफोड भएको प्रहरीले जनाएको छ । तोडफोड भएका सवारी साधानहरु फोहोर मैला व्यवस्थापन गर्ने कम्पनी र निजी क्षेत्रका हुन् ।
गाडी कसले तोडफोड गर्यो भन्ने बारे खुलेको छैन । प्रहरीले यसबारे.. थप अनुसन्धान भइरहेको जनाएको छ ।
सोमबार स्थानीयको अवरोधका बिच काठमाडौं महानगरपालिकाले बल प्रयोग गरेर बन्चरे डाँडामा ४० टिपर फोहोर विसर्जन गरेको थियो । तोडफोडसँगै काठमाडौँको फोहोर ब्यवस्थापनमा समस्या आउने भएको छ । केही समयदेखी काठमाडौँको चोक–चोकमा फोहोरको थुप्रो देखिन थालेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे