
काठमाडौँ , २६ कात्तिक |नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा। शशाङ्क कोइरालाले निर्वाचनपछि भृकुटी कागज कारखाना र श्रमिकको समस्या समाधान हुने बताएका छन्। हाल उनी नवलपुर क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहेका छन् ।
गैँडाकोटमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले कागज कारखाना र श्रमिकको समस्या समाधान हुने बताएका छन्। नेपालकै ठूलो कारखाना भृकुटी कागज कारखाना बन्द अवस्थामा रहेको छ ।
नेता कोइरालाले भने , ”जीर्ण कारखाना र कार्यरत कर्मचारीका विषयमा गम्भीरतापूर्वक समस्या समाधानको लागि परेको छु ,चुनाव लगत्तै समस्या समाधान हुनेछ’ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे