
काठमाडौँ ,१६ कात्तिक – प्रधानमन्त्री शेरबहादुर देउवा आज बुधबार गृहजिल्ला डडेलधुरामा चुनावी आमसभामा सहभागी हुन धनगढी जादै छन् ।प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि हुने विभिन्न चुनावी कार्यक्रममा सहभागी हुनका लागि उनले अनुमति मागेको बताइएको छ ।
देउवाले डडेलधुराले जिल्लाका सातवटै स्थानीय तहमा आयोजना गर्ने सभामा सम्बोधन गर्नेछन् ।प्रधानमन्त्री देउवाले १७ देखि २० कात्तिकसम्म डडेल्धुरा हुने विभिन्न कार्यक्रममा सहभागीता जनाउने छन् ।
प्रधानमन्त्री देउवाले १७ गते जिल्ला सदरमुकामको बसपार्कमा , कात्तिक १८ गते बिहान नवदुर्गा गाउँपालिकाको बेलापुर खुनी र दिउँसो गन्यापधुरा गाउँपालिका–२ बडालमा , १९ गते बिहान अजयमेरु गाउँपालिकाको भद्रपुर र दिउँसो भागेश्वर गाउँपालिकाको रूपालमा , कात्तिक २० गते बिहान आलिताल गाउँपालिकाको गोदाम र घरेलु बजारमा तथा दिउँसो परशुराम नगरपालिकाको जोगबुढामा गठबन्धनले आयोजना गर्ने चुनावी सभामा सम्बोधन गर्ने कार्यक्रम छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे