काठमाडौँ, ३१ साउन । नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ ।
निगम व्यवस्थापन समितिको मंगलबार बसेको बैठकले पेट्रोल प्रतिलिटर ५ र डिजेल÷मट्टितेलमा १४ रुपैयाँ मूल्यवृद्धि गर्ने निर्णय गरेको हो ।
नयाँ तोकिएको मूल्य आज राति १२ बजेपछि लागू हुने छ ।
इण्डियन आयल कर्पोरेशनले मंगलबार पठाएको नयाँ मुल्य सुची अनुसार पेट्रोलमा ३ रुपैया ८५ पैसा र डिजेलमा ११ रुपैया ८५ पैसा बढेर आएको छ । निगमले स्वचालित मुल्य अनुसार मुल्य अभिबृद्धि करसहित पेट्रोल प्रतिलिटर ५ र डिजेल÷मट्टितेलमा १४ रुपैयाँ मूल्यवृद्धि गरेको हो ।
निगमले ग्यासको मुल्य भने यथावत राखेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे