
काठमाडौँ , ७ भदौ । साताको अन्तिम दिन आज नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५१ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ।
सुनको मूल्यमा अघिल्लो दिनको तुलनामा आज प्रतितोला पाँच सय रूपैयाँ घटेको हो । बिहीबार छापावाल सुन प्रतितोला एक लाख ५१ हजार नौ सय रूपैयाँमा कारोबार भएको थियो।
त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ। हिजो बिहीबार प्रतितोला १८ सय ३० रूपैयाँ रहेका चाँदी आज १५ रूपैयाँले घटेर प्रतितोला १८ सय १५ रूपैयाँ रहेको महासंघले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे