
काठमाडौँ , ५ चैत । आज नेपाली बजारमा आज सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ। हालसम्मका सबै रेकर्ड तोड्दै छापावाल सुनको मूल्य तोलामा १ लाख ७५ हजार २०० रुपैयाँ कायम भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार ९आज० सुन अहिलेसम्मकै उच्च एक लाख ७५ हजार दुई सय रुपैयाँ पुगेको छ।
यस्तै चाँदीको मूल्य पनि बढेको छ । सोमबार सुन एक लाख ७४ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो। सोमबार तोलामा २ हजार ४० रुपैयाँ कायम भएको चाँदीको मूल्य आज तोलामा १० रुपैयाँले बढेर २ हजार ५० रुपैयाँ कायम भएको हो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे