
काठमाडौँ, जेठ २९ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला एक लाख ९२ हजार नौ सय रूपैयाँमा कारोबार भइरहेको छ। आज सुनको मूल्य प्रतितोला एक हजार ६ सय रूपैयाँले बढेको हो। बुधबार सुन प्रतितोला एक लाख ९१ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो ।
यता , आज चाँदीको मूल्य भने घटेको छ। यस दिन चाँदीको मूल्य प्रतितोला बुधबार प्रतितोला दुई हजार एक सय ६५ रूपैयाँमा कारोबार भएको चाँदी आज १५ रूपैयाँ घटेर दुई हजार एक सय ५० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे