
काठमाडौँ , ४ कात्तिक । नेपालमा सुनको मूल्यले लगातार नयाँ रेकर्ड बनाइरहेको छ । आज सुनको मूल्यले हालसम्मकै उच्च विन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ६५ हजार रूपैयाँ पुगेको छ।
यसअघि शुक्रबार हालसम्मकै उच्च मूल्य सुन प्रतितोला एक लाख ६४ हजार चार सय रूपैयाँमा कारोबार भएको थियो। यसैगरी, आज आइतबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा बढेको छ। आज चाँदी प्रतितोला ९५ रुपैयाँले बढेर २ हजार ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार नौ सय ८० रूपैयाँमा कारोबार भएको थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे