
काठमाडौं , जेठ ७ । आज नेपाल बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख ४१ हजार ८ सय रुपैयाँ पगेको छ । हिजो सुनको मूल्य तोलाको १ लाख ४० हजार ९०० रहेको थियो । आइतबारको तुलनामा आज सोमबार प्रतितोला ९ सय रुपैयाँले मूल्य बढेको छ।
महासंघका अनुसार अघिल्लो दिन सुनको मूल्य तोलामा १ लाख ४० हजार ९ सय रुपैयाँ पुगेको थियो। यस्तै, तेजाबी सुन आइतबार एक लाख ४० हजार दुई सयमा कारोबार भएकोमा आजका लागि एक लाख ४१ हजार एक सय रहेको छ ।
यता चाँदीको मूल्य पनि आज तोलामा ३० ले वृद्धि भएर एक हजार नौ सय ४० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे