
काठमाडौं , चैत ११ । आज नेपाली बजारमा सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला एक लाख ८ हजार रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार ५ सय रूपैयाँले बढेर एक लाख ८ हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
तेजावी सुन प्रतितोला एक लाख ८ हजार रूपैयाँमा कारोबार भइरहेको छ ।
त्यसैगरी, चाँदीको मूल्य पनि बुधबार १० रूपैयाँले बढेर १३ सय ६५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे