
काठमाडौँ, वैशाख २१ । नेपाली बजारमा सुनको मूल्य बढेको छ।
मंगलबार प्रतितोला १ लाख ८ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन बुधबार १ हजार ८ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १० हजार ६ सय रुपैयाँ पुगेको थियो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज बिहीबार १२ सय रूपैयाँले बढेर एक लाख ११ हजार ८ रूपैयाँमा कारोबार भइरहेको छ ।
तेजावी सुन प्रतितोला एक लाख ११ हजार २५० रूपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदीको मूल्य पनि बिहीबार २० रूपैयाँले बढेर १ हजार ४४५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे