काठमाडौं , १ कार्तिक । साताको तेस्रो दिन आज मंगलबार सुनचाँदीको मूल्य बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो प्रतितोला ९३ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलबार आज १ सय बढेको छ । तेजावी सुन प्रतितोलामा ९२ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदी प्रतितोला मूल्य १ हजार १ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे