
काठमाडौँ, ३० भाद्र । साताको पहिलो दिन सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेर कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य तोलामा ५०० रुपैंयाले वृद्धि भएको हो ।
शुक्रबार प्रतितोला १ लाख ५६ हजार ३०० रुपैंयामा कारोबार भएको छापावाला सुन आजका लागि १ लाख ५६ हजार ८०० रुपैंया निर्धारण भएको छ । यो हालसम्मकै उच्च बिन्दु हो ।
यस्तै, चाँदीको मूल्य प्रतितोला ४० रुपैंयाले वृद्धि भएको छ । शुक्रबार प्रतितोला १ हजार ८६० मा कारोबार भएको चाँदीको मूल्य आजका लागि १ हजार ९०० रुपैंया निर्धारण भएको महासंघले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे