
काठमाडौँ, असार २ । आज स्थानीय बजारमा सुनको मूल्य तोलामा एक हजार छ सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आज छापावाला सुन प्रतितोला एक लाख ४२ हजार आठ सय रहेको छ । शुक्रबार छापावाला सुन प्रतितोला एक लाख ४१ हजार दुई सयमा कारोबार भएको थियो ।
तेजाबी सुन शुक्रबार प्रतितोला एक लाख ४० हजार पाँच सयमा कारोबार भएकोमा आज एक लाख ४२ हजार एक सय कायम रहेको छ ।
चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला एक हजार आठ सयमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे