
काठमाडौँ, १४ जेठ । साताको दोस्रो कारोबार दिन सुनको भाउ बढेको छ । आज सोमबार सुनको भाउ प्रतितोला ३०० रुपैंयाले बढेको हो ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३७ हजार २०० रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३६ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो कारोबार दिन आइतबार छापावाल सुन प्रतितोला १ लाख ३६ हजार ९०० रुपैयाँ रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजावी सुनको मूल्य तोलाको १ लाख ३६ हजार २५० रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी आज चाँदीको मूल्य प्रतितोला २५ रुपैंयाले बढेर १ हजार ८८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे