
काठमाडौँ , १ जेठ । नेपाली बजारमा सुनको मूल्य बढेको छ । सोमबार सुनको मूल्य प्रतितोला १ लाख ११ हजार रुपैयाँ कायम भएको हो।
आइतबार प्रति तोला १ लाख १० हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुनको मूल्य आज २ सयले बढेर प्रति तोला १ लाख ११ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको मूल्य तोलाको १ लाख १० हजार ४ सय ५० रुपैयाँ निर्धारण भएको छ।
यता, चाँदीको मूल्य पनि स्थिर रहेको छ। आइतबार प्रति तोला १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भईरहेको चाँदीको मूल्य आज स्थिर रहेर सोहि मूल्यमा कारोबार भइरहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे