
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा ३ हजार रुपैयाँ वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा १ लाख ८४ हजार ८०० रुपैयाँ कायम भएको हो ।
गत बिहीबार छापावाल सुन तोलामा १ लाख ८१ हजार ८ सय रुपैयाँ कारोबार भएको थियो ।
यसैबीच आज चाँदीको मूल्य पनि बढेको छ । बिहीबार १ हजार ९२५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार बढेर तोलामा १ हजार ९४५ रुपैयाँ कायम भएको महासंघको भनाइ छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे