
काठमाडौं । आज (सोमबार) नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सोमबार एकै दिन प्रतितोला ६ सय रुपैयाँ मूल्य बढेपछि नेपाली बजारमा सुनको भाउ हालसम्मकै उच्च भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ६५ हजार ६ सय रुपैयाँ तोकेको छ । यसअघि आइतबार १ लाख ६५ हजार रूपैयाँ कायम भएको थियो ।
यस्तै आज चाँदीको मूल्य पनि २० रूपैयाँले बढेको छ । आइतबार तोलामा २ हजार ७५ रूपैयाँमा कारोवार भएको चाँदी आज २० रूपैयाँले बढेर २ हजार ९५ रूपैयाँमा कारोवार भइरहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे