काठमाडौँ ,२० साउन। आज शुक्रबार सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला ९६ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । हिजो बिहीबार प्रतितोला ९६ हजार १ रुपैयाँमा कारोबार भएको थियो ।
तेजावी सुन प्रतितोलामा ९६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
महासंघका अनुसार चाँदीको मूल्य पनि शुक्रबार १० रुपैयाँले बढेर १ हजार २ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे