
काठमाडौं , ५ भदौ ।आज नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुनको मूल्य ८ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ५३ हजार रुपैयाँ कायम भएको छ।
हिजो मंगलबारको छापावाला सुनको मूल्य १ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। यसअघि गत भदौ २ गते हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। उक्त दिन सुन प्रतितोला एक लाख ५२ हजार छ सय रूपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय ३५ रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे