
काठमाडौँ , ४ वैशाख । आज ९बिहीबार० नेपाली बजारमा सुनको मूल्यले अर्को नयाँ रेकर्ड बनाएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख ९० हजार ६ सय रुपैयाँ रहेको छ ।
आज सुनको मूल्य एकैपटक ३ हजार ६ सय रुपैयाँ बढेको छ। हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख ८७ हजार रुपैयाँ रहेको थियो।
यस्तै बिहीबार चाँदीको मूल्य पनि बढेको छ। अघिल्लो दिन १९५५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आज बढेर तोलामा १९६० रुपैयाँ पुगेको महासंघले जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे