
काठमाडौँ , ८ जेठ । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला एक लाख ९१ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ। बुधबार सुन प्रतितोला एक लाख ८९ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो ।
आज तोलामा एक हजार ७ सयले बढेको हो । चाँदी पनि तोलामा ३५ ले बढेको छ। आज चाँदीको मूल्य प्रतितोला दुई हजार २५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जानाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे