
काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबार छापावाल सुनको मूल्य सामान्य वृद्धि हुँदै १ लाख ७० हजार ४०० रुपैयाँ कायम भएको हो ।
यसअघि आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७० हजार ३०० रुपैयाँ कायम भएको थियो ।
यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार तोलामा १ हजार ९८५ रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार पनि सोही मूल्यमा कारोबार भएको महासंघले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे