
काठमाडौं । नेपाली बजारमा आज ९बिहीबार० सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढेर एक लाख ९२ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि बुधबार सुन तोलाको एक लाख ९२ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य पनि ३५ रुपैयाँले बढेको छ । तोलामा ३५ रुपैयाँले बढेर चाँदी २ हजार १ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे