
काठमाडौँ , ११ वैशाख | आज मंगलबार पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३५ हजार पाँच सय रूपैयाँ रहेको छ । हिजो सोमबार छापावाल सुन प्रतितोला एक लाख ३८ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो ।
आज अघिल्लो दिनको तुलनामा प्रतितोला दुई हजार सात सय रूपैयाँ घटेको छ । तेजाबी सुन प्रतितोला एक लाख ३४ हजार आठ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।
सोमबार तेजाबी सुन प्रतितोला एक लाख ३७ हजार पाँच सय ५० रूपैयाँमा कारोबार भएको थियो ।
आज चाँदी प्रतितोला १ हजार ६६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजोको तुलनामा आज चाँदी प्रतितोला ४५ रुपैयाँले घटेको हो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे