
काठमाडौँ , ८ जेठ | आज सुनको मूल्य घटको छ । आज सुन तोलामा एक हजार दुई सयले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ४० हजार छ सय कायम रहेको छ । हिजो छापावाला सुन प्रतितोला एक लाख ४१ हजार आठ सयमा कारोबार भएको थियो ।
यस्तै ,तेजाबी सुन सोमबार तोलामा एक लाख ४१ हजार एक सयमा कारोबार भएकामा आज एक लाख ३९ हजार नौ सय निर्धारण गरिएको महासङ्घले जनाएको छ ।
आज चाँदी प्रतितोला ५५ ले घटेर एक हजार आठ सय ८५ रुपौँया कायम रहेको छ । । सोमबार प्रतितोला एक हजार नौ सय ४० मा कारोबारको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे