
काठमाडौँ , १४ चैत | नेपाली बजारमा सुनको मूल्य घटेको छ। सोमबार सुनको मूल्य प्रतितोला १ लाख ९ हजार रुपैयाँ कायम रहेको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला एक हजार रूपैयाँले घटेर एक लाख ८ हजार रूपैयाँमा कारोबार भइरहेको छ ।
यता, तेजावी सुन प्रतितोला एक लाख ७ हजार ५ हजार रूपैयाँमा कारोबार भइरहेको छ ।
त्यसैगरी, चाँदीको मूल्य पनि मंगलबार ५ रूपैयाँले घटेर १ हजार ३५५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे