
काठमाडौँ, १० साउन । साताको पाँचौं कारोबार दिन सुनको भाउमा भारी गिरावट आएको छ । उक्त दिन सुनको भाउ प्रतितोला २४०० रुपैंयाले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ४५ हजार रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो कारोबार दिन बुधबार छापावाल सुन प्रतितोला १ लाख ४७ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, तेजावी सुनको मूल्य तोलाको १ लाख ४६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी आज चाँदीको भाउ ५५ रुपैंयाले घटेर १ हजार ७०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे