काठमाडौँ, २५ असोज । साताको तेस्रो दिन आज मंगलबार सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९५ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार एक हजार २ सय रुपैयाँले घटेर ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
तेजावी सुन प्रतितोलामा ९३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, चाँदीको मूल्य मंगलबार १५ रुपैयाँले घटेर १ हजार २ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे