
काठमाडौँ , जेठ ३२ । आज शुक्रबार नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ । बिहीबार छापावाल सुन प्रतितोला एक लाख ४१ हजार छ सय रूपैयाँमा कारोबार भएकोमा आज एक लाख ४१ हजार दुई सय रूपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघ ले जनाएको छ ।
तेजाबी सुन प्रतितोला एक लाख ४० हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ। बिहीबार तेजाबी सुन प्रतितोला एक लाख ४० हजार नौ सय रूपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १० रूपैयाँले घटेर १८ सय रूपैयाँमा कारेबार भइरहेको महासंघले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे