
काठमाडौँ, २२ मंसिर । निर्वाचन आयोगले मंसिर ४ गते सम्पन्न संघ र प्रदेश निर्वाचनमा समानुपातिकतर्फ दलले पाएका सिट संख्या सार्वजनिक गरेको छ।
पछिल्लो मतपपरिणाम अनुसार प्रतिनिधिसभातर्फ समानुपातिकमा ७ वटा दलले थ्रेस होल्ड कटाउन सकेका छन् । साविक पार्टी बाहेक राप्रपा, रवि लामिछाने नेतृत्वकोे राष्ट्रिय स्वतन्त्र पार्टी र सिके राउतको जनमत पार्टी राष्ट्रिय पार्टि बनेको छ् ।
एमालेले सबैभन्दा बढी ३४, नेपाली कांग्रेसले ३२, माओवादी केन्द्रले १४, राष्ट्रिय स्वतन्त्र पार्टीले १३ , राप्रपाले ७, जसपा र जनमत पार्टीले ५÷५ सिट पाएका छन्।प्रदेश १, बागमती, गण्डकी, लुम्बिनीमा नेकपा एमाले पहिलो दल बनेको छ ।मधेश प्रदेशमा नेपाली कांग्रेस पहिलो दल बनेको छ भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा एमाले र कांग्रेसले बराबर ५÷५, तथा ७÷७ सिट पाएका छन्।यसैगरि सबैभन्दा बढी मधेश र लुम्बिनी प्रदेशमा १०÷१० दल थ्रेसहोल्ड कटाउन सफल भएका छन्।
सबैभन्दा थोरै गण्डकी प्रदेशमा ४ दलले मात्र थ्रेसहोल्ड कटाए ।त्यसैगरि बागमतीमा ७, प्रदेश १ र सुदूरपश्चिममा ६÷६ र कर्णालीमा ५ दलले थ्रेसहोल्ड कटाउन सफल भए ।दलगत रुपमा हेर्दा नेकपा एमालेले प्रदेशसभातर्फ सबैभन्दा बढी सातै प्रदेशमा गरी ७० सिट हात पारेको छ।दोस्रोमा रहेको नेपाली कांग्रेसले सबै प्रदेशमा गरी ६४, नेकपा माओवादी केन्द्रले २९ र राप्रपाले सातै प्रदेशमा १७ सिट पाएका छन्।
प्रतिनिधिसभातर्फ थ्रेसहोल्ड कटाउन नसकेको नेकपा एमालेबाट छसट्टीएको माधव कुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीले गण्डकी प्रदेशमा बाहेक बाँकी ६ प्रदेशमा ९ सिट जितेको छ।जनता समाजवादी पार्टी नेपालले प्रदेश १, मधेश र लुम्बिनीमा गरी ९ सिट, जनमत पार्टीले मधेश प्रदेश र लुम्बिनीमा गरी ९ सिट नै हात पारेको छ। नागरिक उन्मुक्तिले मधेश, लुम्बिनी र सुदूरपश्चिममा गरी ५ सिट, जसपाबाट छ्ट्टीएर बनेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले मधेश र लुम्बिनीमा गरी ३ सिट पाएको छ।
प्रतिनिधिसभातर्फ प्रत्यक्षमा १ सिटमात्र हात पारेको नेमकिपाले बागमतीमा २ सिट प्राप्त गर्नै सफल भयो । राष्ट्रिय जनमोर्चाले लुम्बिनीमा, हाम्रो नेपाली पार्टीले बागमती र नेपाल संघीय समाजवादीले मधेश प्रदेशमा १/१ सिट पाउन सफल भए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे