
काठमाडौँ १३ कात्तिक | नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले आगामी निर्वाचनपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बन्ने बताएका छन् । गोरखामा आज आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराईले उक्त कुरा बताएका हुन् ।
भट्टराईले निर्वाचनपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्ने उद्घोष गरेका हुन् ।उनले भने , ‘गठबन्धनले पाँच वर्ष सरकार चलाउने निश्चित छ । प्रचण्ड दुई पटक प्रधानमन्त्री भइसक्नु भएको छ । उहाँ सुयोग्य व्यक्ति हो । अबको सरकार पाँच वर्ष गठबन्धनले चलाउँछ । अबको प्रधानमन्त्री प्रचण्ड हो’ ।
भट्टराईले भने, ‘यहाँ कसैले अन्यथा नमान्नु होला, कमरेड प्रचण्ड भोलिको प्रधानमन्त्री र सुरेन्द्रराज पाण्डे भोलिको मुख्यमन्त्री । यही क्षेत्रले प्रधानमन्त्री पनि मुख्यमन्त्री पनि पाइसकेपछि हाम्रो विकासको सपना कसरी पूरा नहोलान् ?’
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड गोरखा क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार हुन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे