
काठमाडौँ , ७ भदौ । नेपाली सेनाले अधिकृत पद ( सहायक सेनानी र उपसेनानी ) मा भर्ना खुलाएको छ । अधिकृत सरहका यी पदमा २८० जनाका लागि भर्ना खुलेको हो । सेनाले खुलातर्फ १४७, महिला २४, आदिवासीरजनजाती ३८, मधेसी ३३, दलित १८, पिछडिएको क्षेत्र ६ र सैनिक तालिम वा कर्तव्य पालनाको सिलसिलामा मृत्यु भएका वा शारीरिक रूपमा अशक्त नेपाली सैनिकका सन्तती १४ गरी जम्मा २८० पदमा आवेदन खुला गरेको हो।योग्यता पुगेका नेपाली नागरिकले नेपाली सेनाको आधिकारिक वेबसाइटबाट अनलाइन दरखास्त फाराम भर्न सक्ने जनाएको छ ।
फारम भरी सो को प्रिन्ट सहित स्वयम् उपस्थित भई तोकिएको भर्ना केन्द्रमा दरखास्त पेस गर्न आह्वान गरिएको छ । आगामी असोज ६ गतेसम्म दरखास्त दिन सकिने र दोब्बर दस्तुर तिरेर थप ७ दिनसम्म आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे