
काठमाडौँ, १ भाद्र । पूर्व सञ्चारकर्मी रवि लामिछाने अध्यक्ष रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदेश सभाको निर्वाचनमा भाग नलिने भएको छ ।
अध्यक्ष लामिछानेले भिडियो सन्देश मार्फत सातै प्रदेशका विभिन्न स्थानमा पुगेर जनमत बुझ्दा प्रदेश संरचानप्रति जनतामा ब्यापक असन्तुष्टि रहेको पाइएको भन्दै प्रदेश सभामा उम्मेदवारी नदिने निर्णय गरेको बताउनुभएको छ ।
आगामी मंसिर ४ गते हुने आमचुनावमा प्रतिनिधि सभाको प्रत्यक्ष र समानुपातिकतर्फ मात्रै उम्मेदवारी दिने लामिछानेले भिडियो सन्देशमा बताएका छन् ।
‘यहि संरचनामा प्रदेश मातहतमा सहभागी हुनु भनेको राज्य कोष दोहनमा सहभागी हुनु बाहेक केही होइन, ‘उनले भनेका छन् ।’
जनताको मत बुझ्दा प्रदेश सभालाई दलका दोस्रो, तेस्रा, चौथो तहका नेताको व्यवस्थापन गर्ने थलो बनाइएको लामिछानेको दाबी छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदेशसभा चुनावमा भाग नलिने जानकारी निर्वाचन आयोगलाई गराईसकेको उनले बताएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे