
काठमाडौँ , ६ भाद्र | हिजोको स्थगित प्रतिनिधिसभाको बैठक आज नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो १ बजे बैठक बस्दै छ ।आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले नेपाली कांग्रेसका सांसद प्रदीप गिरीको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्नेछन् ।
गिरिको निधनकै कारण हिजोको बैठक स्थगित भएको थियो । गिरिको निधनका कारण सांसद्हरु श्रद्धाञ्जली सभाहरु र अन्येष्टिमा व्यस्त हुने भएकाले बैठक स्थगित थियो । प्रतिनिधिसभाको ११ औं अधिवेशनको ५७ औं बैठक बस्न लागेको हो । राष्ट्रियसभाको १२औँ अधिवेशनको ४७औँ बैठक बस्न लागेको हो । बैठक दिउँसो १२ः५९ बजे सुरु हुने संसद् सचिवालयले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे