
काठमाडौँ ,२० साउन |सिक्लेस हाइड्रोपावरले कम्पनीले ६ साउनबाट आयोजना प्रभावित स्थानीयवासीलाई जारी गरेको आवेदन दिन म्याद लम्बिएको छ ।कम्पनीले पहिलो चरणको निर्धारित समयमा बिक्री नभएपछि समय लम्बाएर भदौ ५ सम्म पुर्याएको छ ।
हाइड्रोपावरले कम्पनीले ८ लाख ५० हजार कित्ता सेयर प्रभावित क्षेत्रलाई निष्कासन खुला गरेको हो । आयोजना प्रभावित क्षेत्र अर्थात् कास्की जिल्लाको मादी गाउँपालिका वडा नं. १, २ र ३ का स्थानीयवासीका लागि सेयर खुला गरेको हो ।स्थानीयले प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे