
काठमाडौं — प्रतिनिधिसभाको बैठक शुक्रबार बिहान ११ बजे संघीय संसद् भवन, नयाँ बानेश्वरमा बस्नेछ। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्यहरूले सोधेका प्रश्नहरूको जवाफ दिने कार्यसूची तय गरिएको छ। प्रतिनिधिसभा नियमावली, २०७९ अनुसार, हरेक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर सत्रको व्यवस्था गरिएको हो।
साथै, विनियोजन विधेयक, २०८२ अन्तर्गत विभिन्न शीर्षकमाथि छलफल हुने कार्यसूची पनि बैठकका लागि तय गरिएको छ। संघीय संसद सचिवालयका अनुसार आजको बैठकमा छ वटा मन्त्रालयको समूहीकृत विनियोजनमाथि छलफल हुनेछ। ती मन्त्रालयहरूमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, युवा तथा खेलकुद, भौतिक पूर्वाधार तथा यातायात, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, उद्योग वाणिज्य तथा आपूर्ति, र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय समावेश छन्।
बैठकमा सांसदहरूले मन्त्रालयगत बजेटमाथि प्रश्न उठाउने र छलफल गर्ने अपेक्षा गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे