
काठमाडौं , १४ वैशाख। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी संंचालकहरुले आफन्तको नाममा राखेको सम्पत्ति विक्री गरेर बचत फिर्ता गर्ने प्रतिवद्धता जनाएका छन् ।
शुक्रबार सरकारले फास्ट ट्रयाकबाट सहकारीका समस्या समाधान गर्ने भएपछि सहकारी पीडितले गृहमन्त्री रवि लामिछानेलाई धन्यावाद दिन आयोजित कार्यक्रममा उनले साना बचतकर्तालाई प्राथमिकतामा राखेर सम्पत्ति रोक्का गर्ने, तत्काल बनाउने र सम्पत्ति विक्री गरेर बचत फिर्ता गर्ने प्रतिवद्धता जनाएका हुन् ।
उनले भने,‘सम्पत्ति आफ्नो नाममा राख्न नमिल्ने भएर आफन्तहरुको नाममा राखेका छन् । आफन्तको नाममा राखेको छु भनेर जोगिन्छु भनेर सोचिरहेको होलान । आफन्त, गरिब थियो रातारात कसरी धनी भयो भनेर हेर्ने समय सरकारसँग छ । गृह मन्त्रालयसँग पनि छ । सम्पत्ति शुद्धिकरण विभागसँग पनि छ । तर इच्छा शक्ति हुनुप¥यो ।’
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे