
काठमाडौँ ,३१ असोज | आज ३० औँ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस । हरेक वर्षको अक्टोबर १७ मा यो दिवस मनाइन्छ ।विश्व बैंकको प्रतिवेदन’अनुसार पछिल्ला दुई वर्षमा लगभग ९ करोडदेखि १२ करोड मानिस फेरि गरिबीको चपेटामा परेका छन् । यी मानिसहरूमा अधिकांश दक्षिण एसिया र सब–सहाराका देशहरूमध्येका छन् ।
२०२२ को गरिबी निवारण दिवस अवसरमा आज शुभकामना मन्तव्य दिदै प्रधानमन्त्री देउवाले सरकारले वि.सं. २०८७ सम्ममा गरिबीको रेखामुनि रहेको जनसङ्ख्या ५ प्रतिशतभन्दा तल र वि.सं. २१०० सम्ममा शून्यमा झार्ने लक्ष्य लिई गरिबी निवारणसम्बन्धी विभिन्न कार्यक्रम कार्यान्वयन गरिरहेको बताएका छन् ।
प्रधानमन्त्री देउवाले गरिबी निवारण नीति, १५औँ योजना, दिगो विकास लक्ष्य, सार्क तथा बिमस्टेक गरिबी निवारण कार्ययोजना अन्तर्गत गरिबी निवारणका कार्यक्रम अगाडि बढाइरहेकोबताएका हुन् ।
नेपाल भरका गरिब घर परिवारको पहिचान गरिने उनीहरुलाइ राज्यबाट सुविधा परिचयपत्र वितरण गरिने योजना रहेको प्रधानमन्त्री देउवाले बताए ।
यँहि अवसरमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव रामप्रसाद थपलियाले समेत शुभकामना दिएका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे