
काठमाडौं, २९ भाद्र । सरकारले सुन तस्करीबारे उच्चस्तरीय छानबिन आयोग गठन प्रक्रिया अघि बढाएको छ ।
शुक्रबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूर्वसहमति अनुसार छानबिन आयोग गठन प्रक्रया अघि बढेको जानकारी गराएका हुन् ।
‘अवैध सुन तस्करीको सम्बन्धमा सीआइबीले अनुसन्धान टुंगाई प्रतिवेदन बुझाइसकेको छ । यसअघि भएको सहमतिअनुसार उच्चस्तरीय छानबिन आयोग बनाउने प्रक्रिया अगाडि बढेको समेत यस सम्मानित सदनलाई जानकारी गराउन चाहन्छु,’ प्रधानमन्त्री प्रचण्डले भने ।
भदौ ६ गते संसदमा रहेका सात दलबीच सुन तस्करी छानबिनबारे दुई बुँदे सहमति भएको थियो । जहाँ सुन तस्करीको छानबिन गर्न आयोग गठन गर्ने उल्लेख छ ।
साउन ३ गते सिनामंगलबाट बरामद भएको साढे ६० किलो सुन तस्करीबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अध्ययन गरेर प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाइसकेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे