
काठमाडौँ, असोज १५ । असोज ११ र १२ गतेको अविरल वर्षाले निम्त्याएको जनधनको अपूरणीय क्षतिप्रति सरकारले राष्ट्रिय शोक घोषणा गरेको छ। सोमबारको मन्त्रिपरिषद्को बैठकले तीन दिनसम्म राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय पनि गरेको छ।
प्रवक्ता ऋषिराम तिवारीले जनधनको क्षतिप्रति सरकारले गहिरो दुःख प्रकट गरेको जानकारी दिनुभयो। हालसम्म बाढी, पहिरो र डुबानका कारण २१७ व्यक्तिको मृत्यु भएको र २८ जना बेपत्ता रहेका छन्।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे