
काठमाडौँ , १८ असोज | सुन तस्करी प्रकरण छानबिनका लागि सरकारद्वारा गठित उच्चस्तरीय जाँचबुझ आयोगले आफ्नो काम सुरु गरेको छ । आयोगले बिहीबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै विधुतिय सिगरेटमा भएको सुन तस्करी, ब्रेक सुमा भएको सुन तस्करी लगाएत पटक पटक भएको सुन तस्करीजन्य कसुरको प्रकृति तथा यसबाट पर्ने असरका सम्बन्धमा सुझाव संकलन गर्ने जनाएको हो ।
सरकारले हालै मात्र उच्च अदालतका पूर्व कामु मुख्य न्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वमा चार सदस्यीय जाँचबुझ आयोग बनाएको थियो गठन गरेको छ
सुनको अवैध तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले सुन तस्करीबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान गरिरहेका बेला आफूले अध्ययन नगर्ने बताएको छ तर सीआईबीले अनुसन्धान सकेपछि त्यसमा कुनै कमीकमजोरी भएको छ कि छैन भनेर चाहिँ आयोगले हेर्ने छ ।
अध्यक्ष आचार्यले सुन तस्करी सम्बन्धि अहिलेसम्म भएको अध्ययन र विचारधिन मुद्दा तथा सिआईबीले अनुसन्धान गर्दै रहेका विषयमा पनि कही कमजोरी खोज भन्ने कार्यदेश रहेको बताए । सरकारले आयोगलाई तीन महिनाभित्र अनुसन्धान सम्पन्न गरेर सुनको अवैध तस्करीको नियन्त्रणका लागि सुझावसहितको प्रतिवेदन पेस गर्न निर्देशन दिएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे