
काठमाडौँ, १३ श्रावण । पोखराबाट काठमाडौँको लागी उडेको यती एयरलाइन्सको विमानमा खराबी देखिएपछि उडेको केहीबेरमै फर्काइएको छ।
एयरलाइन्सको 672-ATR-72 जहाज आज बिहान ८ बजेर ५५ मिनेटमा पोखराबाट काठमाडौँ उडेको ६ मिनेटमै पुनः पोखरामै फर्काइएको हो।
धानवमार्ग छोड्नासाथै बायाँ इन्जिनमा ‘रेड लाइट’ देखिएपछि जोखिमलाई मध्यनजर गर्दै विमानलाई पुन पोखरा फर्काइएको विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीले जानकारी दिए ।
जहाजमा जहाजमा ४५ यात्रु सवार थिए । इन्जिनियरहरुले जहाजको जाँच थालेको सुवेदीले बताए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे