
भरतपुर — “घुमौं भरतपुर” नाराका साथ आयोजित भरतपुर भ्रमण वर्ष २०२४ को वार्षिक उत्सव समारोह तथा पाँच दिनसम्म चलेको रैथाने खाना महोत्सव मंगलबार सम्पन्न भएको छ। समापन कार्यक्रम मेघौलीमा पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
कार्यक्रममा स्थानीय जनसमुदायको उत्साहपूर्ण उपस्थिति रहेको थियो। महोत्सवले भरतपुर र आसपासका रैथाने परिकारको प्रवर्द्धन गर्दै पर्यटकीय गतिविधिलाई थप सजीव बनाएको आयोजकहरूले बताए।
समारोहमा महोत्सव सफल बनाउन योगदान पुर्याउने सबैप्रति आभार व्यक्त गरिएको छ। भ्रमण वर्ष र महोत्सवले भरतपुरलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटनको गन्तव्य बनाउने अभियानलाई थप उचाइमा पु¥याउने अपेक्षा गरिएको छ।
२०८१ पुस १६ गते सम्पन्न महोत्सव भरतपुर महानगरपालिकाको नेतृत्वमा विभिन्न संघसंस्था, पर्यटन व्यवसायी, र स्थानीयवासीको सहयोगमा आयोजना गरिएको थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे