
काठमान्डौ १७ असार |‘राइट पाथ’ को पाँचौ शाखा भोलीबाट ललितपुरको कुमारीपाटीमा विगत लामो समयदेखी शैक्षिक परामर्श प्रदान गर्दै आएको ‘राइट पाथ’ ले आफनो पाँचौ शाखा विस्तार गर्नै भएको छ । ‘राइट पाथ’ ले आज शुक्रबार ललितपुरको कुमारीपाटीमा आफनो पाँचौ शाखा सञ्चालनमा ल्याउन लागेको हो ।
नेपाली चलचित्रकी नायिका तथा ब्राण्ड एम्बेस्डर पुजा शर्माबाट उक्त शाखाको समुदघाटन हुने डाइरेक्टर फिलीप डीसीले बताए । कुमारीपाटी वा ललितपुर मै बेष्ट टेष्ट प्रिपेसन सेन्टर को आवश्यकता खड्कीएकोले हाइटेक इन्फ्रास्टकचर सहित यो शाखा खोल्न लागेको फाउन्डर सिइओ फिलिप डीसी बताउनुहुन्छ ।
बेलायतमा अध्ययन गरेर आएका डीसी नेपालको शैक्षिक परामर्श जगतकै उत्कृष्ट परामर्शदाताको रुपमा परिचित छन् । काठमाडौँको पुतलीसडकमा मुख्य कार्यालय रहेको ‘राइट पाथ’ ले आफना चितवन, दाङ, हेटौंडा, बुटवल र कुमारीपाटी शाखाबाट स्वदेश तथा विदेश पढ्न जाने विद्यार्थीहरुलाई शैक्षिक परामर्श दिदै आएको छ । शैक्षिक परामर्श लगायत विद्यार्थीको लागी आवश्यक पर्नै सम्पुर्ण काउन्सिलिङ अब कुमारीपाटीबाट प्राप्त गर्न सकिने बताइएको छ । उक्त शाखाबाट अन्य शाखा झै अष्ट्रेलिया, युके, युयसए, क्यानडा र युरोपियन मुलुकका उत्कृष्ट विश्वविद्यालय, कलेज र इन्स्टिच्युट हरूका बारेमा बिध्यार्थीहरूले गुणस्तरीय शैक्षिक परामर्श प्राप्त गर्न सक्नेछन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे